राप्रपालाई वैकल्पिक शक्तिको रुपमा स्थापित गर्छु : कमल थापा
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले मुकुकको राष्ट्रिय राजनीतिमा पार्टीलाई वैकल्पिक राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको रूपमा स्थापित गराउने बताएका छन् ।
हेटौँडामा पार्टी जिल्ला समितिद्वारा बुधबार आयोजित विस्तारित बैठकमा बोल्दै अध्यक्ष थापाले सो कुरा बताएका हुन् । उनले धर्म, संस्कृति र गौरवशाली पहिचानको रक्षा, संरक्षण र सम्बद्र्ध्नका साथ मुलुकलाई सवल र समृद्धिको मार्गमा डोर्याउँदै अघि बढ्ने मार्गचित्र प्रस्तुत गरे ।
आफ्नो धर्म, संस्कृति र पहिचानको पक्षमा बोल्दा कुनै हिनताबोध राख्नुपर्ने आवश्यक नरहेको भन्दै उनले उच्च मनोबलका साथ पार्टीको फरक र मौलिक विचार जनता समक्ष लैजान कार्यकर्तालाई आग्रह गरे ।
एनसेल, बालुवाटार जग्गा, वाइडबढी, गोकर्ण रिसोर्ट, सुन काण्ड जस्ता भ्रष्टाचार काण्डको जवाफ जनताले एक दिन खोज्ने अध्यक्ष थापाको भनाइ थियो ।
