यस वर्ष विद्युतीय बस सञ्चालन गरिने : मुख्यमन्त्री पौडेल

तु खबर संवाददाता
२०७६ पुष ९, बुधबार ०९:५१

हेटौँडा, ९ पुस । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले यस वर्ष काठमाडौँ महानगरपालिकासँग सहकार्य गरेर विद्युतीय बस सञ्चालन गरिने बताएका छन् ।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलगायतको टोलीसँग मंगलबार भएको भेटमा मुख्यमन्त्री पौडेलले सो कुरा बताएका हुन् ।

उनले सबै प्रदेशको जोड परम्परागत शैली परिवर्तन गरी नयाँ र परिणाममुखी शैली अवलम्बन गर्नेतर्फ हुनुपर्ने धारणा राखे ।

उनले काम गराइका शैलीमा परिवर्तन नगर्ने हो भने गणतन्त्र नेपालको मान्यता स्थापित हुन नसक्ने बताए ।

उनले सङ्घीयतालाई स्थापित गर्न सबैको ध्यान जान आवश्यक रहेको बताएका छन् । उनले सबैले परिवर्तनलाई आत्मसात् गर्नुपर्ने उल्लेख गरे ।

प्रदेश सरकारले सुरुङमार्ग निर्माण गर्ने योजना अगाडि सारेको, विश्वविद्यालय, शिक्षण अस्पताल बनाउँदै गरेको, रङ्गशाला, सडक, नेपाल प्रहरीका लागि ४८ वटा प्रहरीचौकी भवन निर्माण, एक विद्यालय एक नर्स कार्यक्रम गरिरहेकोलगायतको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*