काँग्रेस मकवानपुरद्वारा कृष्णप्रसाद भट्टराईको जन्मजयन्तीको अवसरमा अन्तरक्रिया
हेटौंडा, ८ पुस । नेपाली काँग्रेस मकवानपुरले मंगलबार नेपाली कांग्रेसका संस्थापक नेता, पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९६ औं जन्मदिवसको अवसरमा आज मंगलबार अन्तरक्रिया कार्यक्रम गरेको छ ।
नेपाली कांग्रेस मकवानपुरका सभापति एवं कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा अन्तरक्रिया कार्यक्रम भएको हो ।
कार्यक्रममा कांग्रेस मकवानपुरका सभापति एवं ३ प्रदेश संसदीय दलका नेता बानियाँले राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति आजिवन समर्पित नेता भट्टराईको कांग्रेस पार्टीलाई यहाँसम्म ल्याईपु¥याउन ६ दशकभन्दा लामो कठिन र संघर्षशिल जिवनको महत्वपूर्ण योगदान रहेको बताउँदै उनको योगदान र संघर्षको पाठबाट सिक्दै आम कांग्रेसजनले पार्टीलाई उच्च स्थानमा पु¥याउन लागि पर्नुपर्ने बताए ।
त्यस्तै कांग्रेस मकवानपुरका पार्टी सचिव बुद्ध लामाले कांग्रेसको लामो ईतिहासमा संस्थापक नेता भट्टराईको संघर्षमय जीवन मुलुककाप्रति उहाँले पु¥याउनुभएको अभूतपूर्व र अतुलनीय योगदानको स्मरण गर्दै एक ढिक्का भएर पार्टीलाई अगाडी बढाउनुपर्ने बताए ।
कार्यक्रममा पार्टी सचिव आनन्द कठायत, सल्लाहकार प्रभात दाहाल र भरत पराजुली, प्रवक्ता प्रदिप कोईराला, जिल्ला सदस्यहरु सुनिल दाहाल, हरि वाग्ले, अर्जुन तिवारी, प्रतिनिधिसभा २ का सभापति यतिराज सापकोटा, प्रतिनिधिसभा २ का ख का क्षेत्रीय सभापति लोक मुक्तानलगायत पार्टी, भातृ तथा शुभेच्छुक संस्थाका प्रमूख एवं पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।
