प्रदेश ३ को स्थायी राजधानी र नाम तत्काल टुंगो लगाउन काँग्रेसको माग

तु खबर संवाददाता
२०७६ पुष ७, सोमबार १०:३०

हेटौंडा, ७ पुस । नेपाली काँग्रेसले प्रदेश ३ को स्थायी राजधानी र नाम तत्काल तोक्न माग गरेको छ । प्रदेश ३ को संसदीय दलको आइतबार बसेको बैठकले स्थायी राजधानी र नाम छिटो तोक्न माग गरेको हो ।

काँग्रेस प्रदेश ३ का संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको अध्यक्षतामा भएको बैठकले स्थायी राजधानी र नामको टुंगो तत्काल लगाउन प्रदेश ३ सरकारको ध्यानाकर्षण गराएको हो ।

लामो समयदेखि प्रदेशसभाको बैठक सञ्चालन नहुँदा जनताका समस्या र प्रदेशका कानून निर्माणमा समेत असर परिरहेको अवस्थामा तत्काल हिउँदे अधिवेशन बोलाउन कांग्रेसले माग गरेको छ ।

काठमाडौंमा भएको बैठकले हालै भएको उपनिर्वाचनबाट ३ नम्बर प्रदेशसभा सदस्यमा भक्तपुरक्षेत्र नम्बर १ को क बाट निर्वाचित कृष्णलाल भडेल लाई स्वागत तथा सम्मान गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*