आज सुनको भाउ बढ्यो, कति पुग्यो तोलाको ?
काठमाडौँ, २ पुस । नेपाली बजारमा बुधबार सुनको भाउ प्रतितोला १०० रुपैयाँले बढेको छ ।
मंगलबार तोलामा ७१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार रु १०० बढेर ७१ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ७१ हजार ३०० रुपैयाँमा कारोबार भभइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार, आज चाँदी भने मंगलबारकै मूल्य कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ८५० रुपैयाँमा कारोबार भएको थियो ।
