हेटौँडामा दोस्रो विपि कप फुटवल हुँदै
मकवानपुर, १ पुस । हेटौंडामा नेपाल लोकतान्त्रिक खेलकुद संघ जिल्ला कार्य समिति, मकवानपुरको आयोजना यही पुस १० गतेदेखि दोस्रो वि.पी. कप फुटबल प्रतियोगिता सुरु हुने भएको छ ।
विपी कोइराला मेलमिलापको लागि स्वदेश फर्किएको दिनको सम्झनामा पुस १० गतेबाट प्रतियोगिता सुरु गर्न लागिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन निः शुल्क टिम दर्ताको व्यवस्था गरिएको र आगामी पुस ८ गते दिउँसो ३ बजेसम्म टिम दर्ता गरिसक्नु पर्ने जनाइएको छ ।
उक्त प्रतियोगिताको लागि टिममा १४ खेलाडी, एक व्यवस्थापक, एक प्रशिक्षक गरि जम्मा १६ जना समावेश गराउन पाईने बताए ।
पुस १६ गने समापन हुने उक्त प्रतियोगितामा २८ वटा टिम सहभागी हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ५० हजार, उपविजेताले नगद २५ हजारसहित शिल्ड, मेडल, प्रमाण–पत्र पाउनेछन् ।
त्यस्तै, विभिन्न विद्याका विद्यागत उत्कृष्ट खेलाडीहरुलाई ट्रफि, प्रमाण–पत्र तथा २५ सय रुपैयाँ नगद प्रदान गरिनुका साथै प्रत्येक खेलका सहभागी टिमलाई म्यान अफ द म्याच स्वरुप १ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
