धार्मिक एकता र समानता भए मात्र समृद्ध नेपाल बन्छ : मुख्यमन्त्री पौडेल
मकवानपुर, १ पुस । प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले धार्मिक एकता र समानता भए मात्र समृद्ध नेपाल सुखी नेपाली साकार हुने बताएका छन् ।
पास्टर एकता जागृति अभियानको आयोजनामा हेटौडा १५ मा ख्रिष्टमस उत्सव तथा शुभकामना आदान प्रदान कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले नेपाल बहुभाषिक, बहु सास्कृतिक, बहुजातिय भएकोले यस सरकारले कुनै खालका विवेदहरु कसैमाथि पनि नगर्ने बताए ।
ईसाई धर्मालम्बीहरुको ठुलो पर्व अर्थात महोत्सव भएको बताउदै देशको शान्ती र समृद्धिका लागि इसाईहरुले दिनरात प्रार्थना गरेकामा उनले धन्यवाद समेत दिए ।
मुख्यमन्त्री पौडेलल इसाईहरुलाई राज्यले कहिल्यै पनि तेस्रो दर्जाको रुपमा नहेरेको बताए । हरेक धर्मले राम्रो कुरा सिकाउने भन्दै उनले भने,“राम्रो कुरालाई सबैले अबलम्बन र नराम्रो कुरालाई छोड्दै जानु पर्छ ।” प्रेमबाट नै सँसार चल्ने भन्दै हरेक धर्मले प्रेम गर्न सिकाउने बताए ।
कम्युनिष्ट सरकार भएको भन्दै कम्युनिष्टले समानता खोजेको समानता कै लागि लडेको भन्दै सरकार कसैलाई काखा र पाखा नगर्ने उनको भनाई रहेको थियो ।
