नेकपाको स्थायी समिति बैठक आज बस्दै
काठमाडौँ, २९ मंसिर । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज आइतबार बस्दैछ ।
गत मङ्सिर २३ मा बसेको नेकपा सचिवालय बैठकले मंसिर २९ गते आईतबारका लागि स्थायी समिति बैठक बस्ने निर्णय गरेको थियो ।
सोही अनुरुपमा नेकपा स्थायी समितिको बैठक आज दिउँसो १ बजे बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
पार्टी विधानअनुसार स्थायी समिति बैठक तीन–तीन महिनामा बस्नुपर्ने भए पनि करिब एक वर्षपछि बस्न लागेको हो ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कार्यकारी अधिकार प्राप्त गरेसँगै पार्टीका गतिविधिहरुले पुनः गति पाएको हो । यसअघि पार्टीका हरेक निर्णय सचिवालयले मात्र गर्दै आएको थियो ।
