नेकपा सचिवालयको बैठक स्थगित

तु खबर संवाददाता
२०७६ मंसिर २७, शुक्रबार १२:४८

काठमाडौं, २७ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको आज बस्ने भनिएका बैठक स्थगित भएको छ ।

मङ्सिर २३ गतेको सचिवालय बैठकले उपनिर्वाचनको समीक्षा, सङ्गठन सुदृढीकरण तथा स्थायी कमिटीको बैठकको कार्यसूची तयलगायत विषयमा छलफल गर्न आजका लागि सचिवालय बैठक बोलाएको थियो ।

आज बस्ने तय भएको बैठक नेताहरुको कार्यव्यवस्तताका कारण स्थगित भएको नेकपाका केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । उनका अनुसार, सचिवालयको बैठक शनिबार दिउँसो बस्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*