मुख्यमन्त्री पौडेलद्वारा निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालाको अवलोकन

तु खबर संवाददाता
२०७६ मंसिर २७, शुक्रबार ०८:४०

मकवानपुर । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले चितवनको रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालाको अवलोकन गरेका छन् ।

अवलोकनका क्रममा उनले रङ्गशाला निर्माणमा प्रदेश सरकार निरन्तर साथमा रहेको जानकारी दिए । प्रदेश सरकारले रङ्गशाला निर्माणका लागि विनियोजन गरेको पाँच करोड रुपैंया भरतपुर महानगरपालिकामा पठाएको जानकारी दिँदै रङ्गशाला निर्माणस्थलमा भएको प्रगतिले उत्साह जागेको बताए ।

उनले विकास निर्माणमा परम्परागत सोच अन्य गर्दै नयाँ योजनाका साथ अघि बढ्नुपर्ने धारणा राखे । हरेक विकास निर्माणमा अवरोध हुन नुहुने भन्दै उनले त्यसको सुरक्षा राज्यले गर्ने प्रतिबद्धता जनाए ।

धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीतारम कट्टेलले रङ्गशाला निर्माणमा भइरहेको कामको प्रगतिबारे मुख्यमन्त्री पौडेललाई जानकारी गराएका थिए ।

उनले प्रदेश सरकारबाट विनियोजन भएको बजेट सहज रुपमा रङ्गशाला निर्माणका लागि खर्च गर्ने वातावरण मिलाइदिन आग्रह गरे । रङ्गशाला निर्माणले तीव्रता लिएको भन्दै उनले बजेटको भने अभाव रहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*