हेटौँडामा जी.पी. कोईरालाको जिवनमा आधारित वृत्तचित्र प्रस्तुत हुने

तु खबर संवाददाता
२०७६ मंसिर २६, बिहीबार १६:३१

हेटौँडा, २६ मंसिर । जी.पी. कोईराला फाउण्डेसनको आयोजनामा हेटौँडामा स्व. गिरिजा प्रसाद काईरालाको जीवन घटनाको कालखण्डमा आधारित वृत्तचित्र प्रस्तुत हुने भएको छ ।

स्व.कोईरालाको जीवन घटनाको कालखण्डमा आधारित वृत्तचित्र यही मंसिर २८ गते शनिबार हेटौँडामा प्रस्तुत हुने भएको आयोजकले आज बिहिबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।

वृत्तचित्र हेटौंडा उपमहानगरपालिका–४ स्थित ओम्याक्स चलचित्र घरमा प्रस्तुत हुनेछ ।

जी.पी.फाउण्डेसनको केन्द्रिय अध्यक्ष पूर्व उपप्रधान एवम् परराष्ट्रमन्त्री सुजाता काईरालाको उपस्थितिमा १ घण्टाको वृतचित्र प्रस्तुत गर्न लागिएको हो ।

वृतचित्रका लागि आयोजकले ३ सय, ५ सय र १ हजारका दरले जम्मा ३ सय ५० वटा टिकट रहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*