राष्ट्रपति भण्डारीद्वारा सागमा स्वर्ण जित्ने खेलाडीलाई बधाई

तु खबर संवाददाता
२०७६ मंसिर २५, बुधबार १६:०५
file-photo

काठमाडौं, २५ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले १३ औँ दक्षिण एशियाली खेलकूद (साग) मा स्वर्णसहित विभिन्न पदक हासिल गरेका नेपाली खेलाडीलाई बधाई दिएकी छन् ।

राष्ट्रपतिले आज अपराह्न ट्वीट गर्दै प्रतियोगितामा सहभागी सबै राष्ट्रका खेलाडी तथा खेल पदाधिकारीमा आभार व्यक्त गर्दै सागमा स्वर्ण विभिन्न पदक हासिल गरेका नेपाली खलाडीलाई बदाई दिएकी हुन् ।

साथै उनले सागको सफल आयोजनाका निम्ति युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद्, नेपाल ओलम्पिक कमिटी, प्रशिक्षक, निर्णायकलगायत सम्बद्ध सबैलाई धन्यवाद दिएकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*