प्रदेश ३ सरकारले प्रदेश भित्रका साग विजेता खेलाडीलाई नगदसहित सम्मान गर्ने
मकवानपुर, २३ मंसिर । प्रदेश नं. ३ सरकारले प्रदेश भित्रका सागमा पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गर्ने भएको छ ।
सोमबार (आज) बसेको मन्त्रीपरिषद् बैठकले प्रदेशभित्रका साग विजेता खेलाडीलाई नगलसहित सम्मान गर्ने निर्णय गरेको हो ।
बैठकले स्वर्ण ल्याउने पदक विजेता खेलाडीलाई जनही १ लाख, रजत ल्याउने खेलाडीलाई जनही ५० हजार र कास्य ल्याउने खेलाडीलाई २५ हजारसहित सम्मान गर्ने निर्णय गरेको प्रदेश ३ का प्रेस रजिस्ट्रार रेवती सापकोटाले जानकारी दिए ।
