‘पैसाको कारोबार गर्नु मात्रै नभई दायित्व निर्वाह नगर्नु पनि भ्रष्टाचार हो’ : मुख्यमन्त्री पौडेल

२०७६ मंसिर २३,सोमबार १७:१०
file photo

मकवानपुर, २३ मंसिर । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पैसाको कारोबार गर्नु मात्रै नभई सबै नेपालीहरूले आफ्नो पदिय दायित्व निर्वाह नगर्नु पनि भ्रष्टाचार भएको बताएका छन् ।

भ्रष्टाचार विरुद्ध अन्तराष्ट्रिय दिवसको अवसरमा सोमबार (आज) हेटौँडामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले सो कुरा बताएका हुन् ।

सो कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका उनले हाल अख्तियारले सम्पुर्ण कार्यालयलाई अख्तियार पत्र काट्नाले विकास निर्माणका काम ठप्प भएको आरोप लगाउँदै समृद्द देश बनाउन र सुशासन कायम गर्ने प्रक्रियामा अख्तियार आतंकले बाधा पुर्यायको बताए ।

मुख्यमन्त्री पौडेलले कसैले वेनामे उजुरी गरेको भरमा अख्तियारले पत्र काट्छ भने त्यसमा आफ्नो गल्ति नहुँदा–नहुँदै किन डराउनु भन्दै वेनामे उजुरी गर्नेहरू विना आधिकारिक हुन्छन त्यस्ताहरूसँग नडराउन कर्मचारिहरूलाई आग्रह गरे ।

मुख्यमन्त्री पौडेलले भ्रष्टाचार गर्ने मुलुकको सुचिमा आफ्नो देश पनि परेको प्रति पिडाबोध गर्दै जसले भ्रष्टाचार गर्छ उसलाई कडाभन्दा कडा कारबाही गर्न अख्तियारलाइ आग्रह गरे ।

मकवानपुर जिल्लामा यस आथिक वर्षको कार्तिक मसान्तसम्ममा अख्तियार दुरूपयोग अनुसन्धान आयोग हेटौडामा भ्रष्टाचार सम्वन्धि १३३ वटा उजुरि परेकोमा ९८ वटा उजुरि फर्च्याछौट हुन बाकि रहेको तथ्याङले देखाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*