बोक्साको आरोपमा वडाध्यक्षमाथि कुटपिट, मानव मलमुत्र खुवाउने प्रयास

चितवन, २३ मंसिर । बोक्साको आरोपमा इच्छाकामना गाउँपालिका नं. २ का वडाध्यक्षमाथि कुटपिट भएको छ ।
वडाध्यक्ष पञ्चबहादुर प्रजामाथि शनिबार साँझ स्थानीयबासीको एक समूहले कुटपिट गर्दै जुत्ताको माला समेत लगाइदिएका हुन् ।
उनलाई कालोमोसो दलेर मानव मलमुत्र खुवाउने प्रयाससमेत भएको थियो ।
जोखालाल चेपाङको घरमा भएको वडा कार्यालयमा नेपाली कांग्रेसका नेता कार्यकर्ताले तालाबन्दी गरेका थिए । तालाबन्दीपछि वडाको सामान सामुदायिक भवनमा सार्ने क्रममा विवाद भएको थियो ।
त्यही क्रममा उत्तरकुमार गुरुङ सहितको समूहले वडाध्यक्ष प्रजालाई कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाएका हुन् ।
वडाध्यक्ष प्रजा नेकपाबाट निर्वाचित भएका थिए । उनी इच्छाकामना गाउँपालिका वडा नं. २ का नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवसमेत हुन् ।
उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले उत्तरकुमार गुरूङ र बिर्खबहादुर गुरूङलाई नियन्त्रणमा लिएको छ ।