नेकपा सचिवालय बैठक आज बस्दै

२०७६ मंसिर २३,सोमबार १०:००

काठमाडौं, २३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज (सोमबार) सचिवालय बस्दैछ । कार्यकारी अधिकारप्राप्त भएपछि पार्टी पंक्तिलाई परिचालन गर्ने पाँचमहिने कार्ययोजना बनाइरहेका नेकपा अध्यक्ष प्रचण्डले पहिलो वरीयताका अध्यक्ष केपी शर्मा ओलीसँगको परामर्शपछि सचिवालय बैठक बोलाएका छन् ।

अपराह्न नेकपा केन्द्रीय कार्यालयमा बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री ओली भने सहभागी हुने छैनन् ।

स्वास्थ्यका कारण धेरै दौडधूप गर्न नमिल्ने भएकाले ओलीको परामर्शमा प्रचण्डले बैठकको अध्यक्षता गर्न लागेको नेकपा स्रोतले जनाएको छ ।

दुवै अध्यक्षबीचको परामर्शपछि महासचिव विष्णु पौडेलले सचिवालय सदस्यहरुलाई एसएमएसमार्फत बैठक अपराह्न १ बजे धुम्बाराहीमा बस्ने सूचना पठाएका हुन् ।

सोमबारको बैठमका उपनिर्वाचनको समीक्षात्मक रिपोर्टमाथि छलफल हुने एजेण्डा छ । अघिल्लो सचिवालय बैठकले उपनिर्वाचन भएका सबै ठाउँबाट समीक्षा रिपोर्ट मागेको थियो ।

उपनिर्वाचनको समग्र परिणाममा आधाभन्दा बढीमा जित हासिल भए पनि केही ठाउँको पराजयको समीक्षा आवश्यक रहेको नेकपाले जनाएको छ । उपनिर्वाचन भएका ५२ स्थानमध्ये प्रतिनिधिसभा र प्रदेशसभाका एक–एक सिटसहित नेकपाले ३० ठाउँमा जित हासिल गरेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*