सागमा आज कुन–कुन खेल हुँदैछ ?

तु खबर संवाददाता
२०७६ मंसिर २३,सोमबार ०९:५१

मकवानपुर । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आज सोमबार नवौं दिन । आज विभिन्न १३ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

आज आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, फुटबल, जुडो, पौडी, सुटिङ, स्क्वास, टेनिस र कुस्तीमा प्रतिस्पर्धा हुनेछ ।

महिला फुटबल र आर्चरी पोखरामा हुनेछ । कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुँदैछ । महिला फुटबलको उपाधिका लागि नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग पोखरा रंगशालामा खेल्दैछ ।

नेपाल अघिल्लो संस्करणमा भारतसँग पराजित भएर रजत पदकमा चित्त बुझाएको थियो । यसपटक नेपाली टोली भारतसँग बदला लिने दाउमा छ । यद्यपी लिग चरणमा नेपाल भारतसँग १–० गोलले पराजित भएको थियो ।

नेपाल पुरुष फुटबलको भने फाइनलमा पुगेको छ । फाइनल खेल समापन समारोह अघि मंगलबार दशरथ गशालामा हुनेछ । फाइनलमा नेपाल र भुटान भिड्नेछन् ।

साग क्रिकेटको अन्तर्गत पुरुषतर्फको फाइनल खेल पनि सोमबार हुँदैछ । स्वर्णका लागि श्रीलंका र बंगलादेश प्रतिस्पर्धा गर्दैछन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*