नवनिर्वाचित सांसद भँडेलद्वारा सपथ ग्रहण

तु खबर संवाददाता
२०७६ मंसिर २२,आईतवार १७:०३
file photo

हेटौँडा, २२ मंसिर । मंसिर १४ गते भएको उपनिर्वाचनमा प्रदेश ३ को भक्तपुर १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य कृष्णलाल भँडेलले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

नेपाली काँग्रेसको तर्फबाट निर्वाचित सांसद भँडेललाई आईतबार (आज) प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

भँडेल १३ हजार ४ सय ४९ मतसहित प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

उक्त अवसमा सभामुख श्रेष्ठ, उप–सभामुख राधिका तामाङ र प्रतिपक्ष नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियँले संयुक्त रुपमा प्रदेशसभा सचिवालयद्वारा प्रकाशित प्रदेश तेस्रो दर्पण स्मारिकाको पनि सार्वजनिक गरेका थिए ।

प्रदेशसभामा यसअघि भक्तपुर १ (क) बाट निर्वाचित हरिशण लामिछानेको निधन भएकोले करिब डेढ वर्षदेखी उक्त पद रिक्त रहेको थियो । उनी नेकपाबाट निर्वाचित भएका थिए ।

प्रदेशसभामा हाल सत्तारुढ नेकपाको ८०, नेपाली काँग्रेको २२, नेपाल मजदुर किसान पार्टीको २, साझा विवेकशी पार्टीको ३, राप्रपा संयुक्त पार्टीको १, राप्रपा पार्टीको १ र १ जना स्वतन्त्र सांसद गरी जम्मा १ सय १० जनाको प्रतिनिधित्व रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*