बिबिए, बिबिएम कप सेभेन ए साइड फुटबलका लागि आइटेकद्वारा जर्सी सहयोग

२०७६ मंसिर २२,आईतवार १४:३६

मकवानपुर, २२ मंसिर । मकवानपुर क्याम्पसले आयोजन गर्न लागेको बिबिए, बिबिएम कप सेभेन ए साइड फुटबल प्रतियोगिताका लागि आइटेक युनिभ प्लसले जर्सि सहयोग गरेको छ ।

हेटौडा–४ स्कुलरोडस्थित रहेको आइटेक युनिभ प्लसले आईतबार (आज) एक कार्यक्रमबीच बिबिएम अन्तिम सेमेस्टरको टिमलाई जर्सी हस्तातरण गरेको हो ।

जर्सी हस्तान्तरण गर्दै आइटेक युनिभ प्लसका म्यानेजिङ डाइरेक्टर जयराम कार्कीले विद्यार्थीहरुलाई सहयोग गर्न पाउँदा खुसि लागेको र आगामी दिनमा पनि विद्यार्थी लक्षित सामाजिक उत्तरदायित्वमा अझ ध्यान दिने बताए ।

यसैबीच आजबाट सुरु हुने भनिएको प्रतियोगिता आन्तरिक कारणले स्थगित भएको छ । अब प्रतियोगिता मंगलबारबाट सुरु हुने जनाइएको छ ।

३ दिनसम्म हुने प्रतियोगितामा बिबिए र बिबिएम अध्ययनरत विद्यार्थीहरुको ८ टिम सहभागी हुनेछ ।

प्रतियोगिताको प्रथम हुने टिमले नगद १५ हजार रुपैयाँसहित सिल्ड मेडल प्राप्त गर्नेछन भने काठमाडौंको एनसिसि कलेजले आयोजना गर्ने नेशनल इन्टर कलेज सेभेन ए साइड फुटबल प्रतियोगितामा भाग लिन पाउने बिबिएम अन्तिम सेमेस्टरका टिम क्याप्टेन सोमित क्षत्रीले जानकारी दिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*