‘द भ्वाइस अफ नेपाल सिजन २’ को विजेता राम लिम्बु

२०७६ मंसिर २२,आईतवार १३:०८

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल सिजन २’ को विजेता राम लिम्बु बनेका छन् ।

कोच प्रमोद खरेलको टिममा रहेका उनी शनिबार साँझ होलट हायातमा आयोजित अन्तिम प्रतिस्पर्धामा ३ प्रतिस्पर्धीलाई पछि पार्दै विजेता बन्न सफल भएका हुन् ।

‘द भ्वाइस अफ नेपाल सिजन २’ को अन्तिम चारमा सनिष श्रेष्ठ, राम लिम्बु, विकास लिम्बु र आरिफ राउफ पुगेका थिए ।

अन्तिम प्रतिस्पधाको प्रस्तुति र दर्शकको भोटिङको आधारमा राम लिम्बु विजेता भएको कार्यक्रममा आयोजकले घोषणा गरेको थियो ।

विजेता लिम्बुले कार, म्यूजिक नेपालबाट एल्बम निकाल्ने अवसर लगायतका विभिन्न पुरस्कार हात पारेका छन् ।

दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र आस्था राउत निर्णायक रहेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*