प्रदेश ३ का मुख्यमन्त्री पौडेल र तिब्बत सरकार अध्यक्ष छिटालाबीच भेटवार्ता

तु खबर संवाददाता
२०७६ मंसिर १९, बिहीबार १७:३३

हेटौंडा, १९ मंसिर । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेल र चिनको स्वशासित क्षेत्र तिब्बत जनसरकारको अध्यक्ष छिटालाबीच भेटवार्ता भएको छ ।

मुख्यमन्त्री पौडेल र तिब्बतबीच विहिबार काठमाडौंमा भएको भेटवार्तामा मुख्यमन्त्री पौडेलले तिब्बतमा भएका बिकास निर्माण कार्यहरु नेपालका लागि पनि अबसर भएको बताए ।

चिनसँग नेपालको सिमाना जोडिएकोले त्यहाँको विकासबाट पनि नेपालले फाईदा लिन सक्ने उनको भनाई थियो ।

यसैगरी नेपाल तथा चीनबीच सम्पन्न बीआरआई अन्तर्गत सहयोग सम्बन्धी समझदारीको कार्यान्वयनमा तीब्रता दिन हिमालय वारपार बहुआयामिक सञ्जाल अन्तर्गत सडक, रेलमार्ग, हवाई यातायात, बन्दरगाह, तथा संचार क्षेत्रमा भएको बिभिन्न समझदारीको उनले प्रशंसा गरे ।

रसुवागढि–स्याफ्रुबेसी सडकको स्तरोन्नती कार्य सुरु भएकोमा खुशी ब्यक्त गर्दै मुख्यमन्त्री पौडेलले केरुङ–काठमाण्डौ रेलमार्ग, एबम् रसुवागढी–काठमाण्डौ सुरुङ मार्ग सम्भाब्यता अध्ययन समझदारी भएको खुशी ब्यक्त गरे ।

नेपाल र चीनबीच रहेको ब्यापार घाटा न्युनीकरण गर्न नेपालका निर्यात योग्य बस्तुलाई तिब्बतमा प्रोत्साहन गर्न मुख्यमन्त्री पौडेलले आग्रह गरे ।

यसैगरी उनले नेपालमा लगानीको अबसर छ भन्दै जलबिद्युत्, सडक, कृषि, सिमापार रेलमार्ग, प्रसारण लाइन, पर्यटन, औद्योगिक पार्क, चीन–नेपाल मैत्री सांस्कृतिक पार्क, उच्च पहाडि तथा जडिबुटी प्रसोधन तथा हवाई सेगामा लगानी गर्न सकिने उहाँले बिश्वास दिलाए ।

दुई देशबीच सहयोग अभिबृद्धि गर्न तथा अन्तरकृया बढाउन ब्यापार, पर्यटन, सीमा सुरक्षा तथा भन्सार सम्बन्धी द्विपक्षिय संयन्त्र सकृय रहेको जानकारी दिए ।

भेटवार्ताका क्रममा तिब्बत जनसरकारका अध्यक्ष छिटालाले नेपालमा कृषि, पर्यटन, जलबिद्युत, सडकका क्षेत्रमा सहकार्य गर्न ईच्छुक रहेको बताए ।

नेपालले घोषणा गरेको भ्रमण बर्ष सन् २०२० सफल बनाउन तिब्बत सरकारले पनि सहयोग गर्ने बताए। केही समय अगाडि चिनियाँ राष्ट्रपति सि जिन पिङको भ्रमणमा भएका सम्झौतालाई तीब्बत सरकारले पनि सँगै लैजाने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*