एकतर्फी प्रेममा पागल प्रेमीले गरे प्रमिकामाथि ७० पटक चक्कु प्रहार
भारतमा एक पागल प्रमीको एकतफर्मी प्रेमका कारण एक किशोरीको ज्यान गएको छ ।
भारतीय संचारमाध्यमका अनुसार, एकतर्फी प्रेममा पागल केटाले किशोरीमाथि ७० पटक चक्कु प्रहार गरेका छन् । चक्कु प्रहारबाट किशोरीको आन्द्रासमेत बाहिर आएको बताइएको छ । सो घटना जवलपुरको कुदवारी गाउँमा भएको हो ।
भारतीय प्रहरीका अनुसार २४ वर्षीय शिवकुमार चौधरी नाम गरेका ती सन्की युवकले किशोरीको घरमै पुगेर उक्त घटना गराएका थिए । सोमबार दिउसो उनी ति किशोरीको घरमा पुगेका थिए ।
घर पुगेपछि भित्रपट्टीबाट कोठाको ढोका बन्द गरे र किशोरीमाथि ७० पटकसम्म चक्कु प्रहार गरे । यति मात्रैले उनको मनले मानेन, किशोरीको आँखासमेत फुटाए । एकपछि अर्को प्रहार गर्दैजाँदा किशोरीको आँन्दाभूँडीसमेत बाहिर निस्केको बताइएको छ ।
भारतीय सञ्चारमाध्यममा प्रकाशित खबर अनुसार ती सन्की युवक १० दिन पहिले मात्रै जेलबाट रिहा भएका थिए । शिवकुमार मृतक किशोरीसँग एकतर्फी प्रेममा पागल थिए ।
तीन महिना पहिला किशोरीसँग अश्लिल हर्कत गरेपछि प्रहरीले पक्रेर जेल पठाएको थियो । जेलबाट छुटेका शिवकुमार बदला लिन किशोरीको घर गएको प्रहरीले जनाएको छ । एजेन्सीको सहयोग
