उपनिर्वाचन : धरान–७ मा नेकपाको जित, कांँग्रेसद्वारा पुनः मतगणना गर्न माग

२०७६ मंसिर १६,सोमबार १७:००

सुनसरी, १६ मंसिर । सुनसरीको धरान उपमहानगरपालिका–७ को वडाध्यक्षमा नेकपाका जीवन सुवेदी विजयी भएका छन् । अध्यक्ष पदमा नेकपाका उम्मेदवार सुवेदी १ मतले विजय भएका हुन् ।

वडाध्यक्ष पदमा नेकपाका सुवेदी विजयी भएपछि मतपरिणाम घोषणा हुन लाग्दा विवाद सुरु भएको छ ।

विवादित मतपरिणामलाई नेपाली कांग्रेसका नेताहरूले बदर भएको मतलाई सदर गरेको भन्दै पुनः गणनाको माग गरेका छन् । कांग्रेसले पुनः मतगणना गर्न लिखित निवेदन दिएपछि परिणाम घोषणा हुन पाएको छैन ।

वडा नम्बर ७ को मतणनाअनुसार नेकपाका उम्मेदवार सुवेदीको पक्षमा ६ सय २२ मत परेको थियो भने कांग्रेसका प्रत्यासी सुवर्ण मोहन पालिखेको पक्षमा ६ सय २१ मत परेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*