सिमा अतिक्रमणविरुद्ध राप्रपा मकवानपुरका भातृ संगठनले हेटौँडामा प्रदर्शन गर्ने

तु खबर संवाददाता
२०७६ मंसिर १३, शुक्रबार ०७:३६

मकवानपुर, १३ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरको भातृ संगठनले सिमा अतिक्रमण गरेबारे भारतविरुद्ध हेटौँडामा प्रर्दशनी गर्ने भएको छ ।

राप्रपा भातृ संगठन सम्बद्ध जनबर्गिय संगठनको बिहिबार बसेको आकस्मिक बैठकले यही मंसिर १५ गते हेटौँडामा प्रदर्शन गर्ने निर्णय गरेको हो ।

पार्टीका सहायक महामन्त्री राजाराम बर्तौला र हेटौंडा नगर अध्यक्ष गुरु प्रसाद सापकोटाको बिशेष उपस्थितिमा बसेको बैठकले मुलुकको स्वाभिमान र स्वाधिनतामा कोहि कसैसङ्ग कुनै पनि हालतमा सम्झौता हुन नसक्ने निष्कर्ष निकालेको छ ।

आफ्नो देशको भु–भाग एक इन्च पनि तलमाथि हुन नदिने भन्दै बैठकले सरकारको ध्यानाकर्षण गर्ने र बिस्तारबादिहरुलाई खबरदारी गर्ने निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*