उपनिर्वाचनका दिन जाँड रक्सीमा प्रतिबन्ध

तु खबर संवाददाता
२०७६ मंसिर १२, बिहीबार १५:५८
file-photo

चितवन, १२ मंसिर । यही मंसिर १४ गते शनिबार हुने निर्वाचनका लागि चितवनका दुई स्थानीय तहका तीन वटा वडामा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।

भरतपुर महानगरपालिका वडा नं १६ र पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं ४ र ५ मा वडाध्यक्षका लागि उपनिर्वाचन हुन लागेको हो । यसका लागि सबै तयारी पूरा भएको जिल्लास्थित निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।

जिल्लामा कुल १५ पद रिक्त रहे पनि तीन वडाध्यक्षका लागि मात्रै निर्वाचन गर्न लागिएको हो । १४ पद मध्ये जिल्ला समन्वय समितिमा निर्वाचन ९ जनाको पद रिक्त छ भने दलित ३ पदमा उम्मेदवारी नै परेको छैन ।

उपनिर्वाचनको लागि गएराति १२ बजेबाट निर्वाचन हुने वडामा मौन अवधि सुरु भएको छ ।

शनिबार हुने उपनिर्वाचनलाई मध्यनजर गर्दै चितवनका तीन वडामा मदिरा उत्पादन तथा बिक्री वितरणमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै निर्वाचन हुने तीन वडामा मदिराको व्यापारमा रोक लगाएको जनाएको छ ।

तीनवटै वडा तथा वडा सीमानाको ५०० मिटर वरिपरीसम्म मदिराजन्य पदार्थको उत्पादन, बिक्री वितरण र सेवन गर्न निषेध गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*