सागको सम्पुर्ण तयारी पूरा, २० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने

तु खबर संवाददाता
२०७६ मंसिर १२,बिहीबार १५:३४

मकवानपुर, १२ मंसिर । यही मंसिर १५ गतेबाट औपचारिक रूपमा उद्धाटन हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को सम्पूर्ण तयारी पूरा भएको छ ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले मंसिर १५ गतेबाट सुरू हुने १३ औं साग सञ्चालन र व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएका हुन् ।

मन्त्री सुनारका अनुसार मंसिर १५ गते साँझ ५ बजे दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले सागको औपचारिक उद्धाटन गर्ने कार्यतालिका रहेको छ ।

दोस्रो पटक नेपालमा हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद साग काठमाडौं ललितपुर, पोखरा र जनकपुर गरी चार स्थानमा सञ्चालन हुने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

१५ मंसिरदेखि २४ सम्म सञ्चालन हुने प्रतियोगिताका लागि सुरक्षा तयारी पूरा भइसकेको नेपाल प्रहरीले जनाएको छ ।

सागमा विभिन्न खेलमा गरी ३ हजारभन्दा बढी खेलाडी र २ हजारभन्दा बढी अफिसियल र निर्णायक मण्डल सहभागी हुने खेलकुद परिषदले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*