सागको महिला भलिबलमा नेपालको विजयी सुरुवात

२०७६ मंसिर ११,बुधबार १७:०१

मकवानपुर, ११ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को बुधबार भएको महिला भलिबल खेलको उद्घाटन खेलमा नेपालले विजय सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको खेलमा नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा हराएको हो ।

नेपालको जितमा प्रतिभा मालिले उत्कृष्ट प्रदर्शन गरिन् ।

पहिलो पटक राष्ट्रिय टिममा परेकी उषा भण्डारी र हिरा केसीले पनि राष्ट्रिय टिममा डेब्यु गरिन् ।

खेलअघि युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनुवार विश्वकर्माले अफिसियललाई बल हस्तानतरण गर्दै खेलको उद्घाटन गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*