राप्रपा मकवानपुरले एक महिने विशेष अभियान संचालन गर्ने

तु खबर संवाददाता
२०७६ मंसिर ११, बुधबार १४:५८

मकवानपुर, ११ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले एक महिने विशेष संगठन सुदृढीकरण अभियान संचालन गर्ने भएको छ ।

राप्रपा मकवानपुरका अध्यक्ष मधु अधिकारिको अध्यक्षतामा मंगलबार हेटौंडामा बसेको बैठकले सो निर्णय गरेको हो । सो अभियान यही मंसिर २१ गतेदेखि पुस २१ गतेसम्म सञ्चालन हुनेछ ।

उक्र बैठकले ९ वटा दौडाहा टोलि पनि गठन गरेको छ । टोलिले स्थानीय तहको अधिबेशन, जनबर्गिय संगठनको गठन, पुनर्गठन लगायत काम गर्ने पार्टीका नगर अध्यक्ष गुरु प्रसाद सापकोटाले जानकारी दिए ।

हेटौंडा नगर क्षेत्रमा दिपक बहादुर सिंह, बागमती र बकैयामा मधु अधिकारी, नबराज बिष्ट र रामहरी न्यौपाने, मनहरी राक्सिराङमा बालकृश्न कार्की र सिताराम बर्तौला, गढीमा खिल प्रसाद चौलागाईं , भिमफेदी शिबराम थापा, थाहा नपा,कैलाश र इन्द्रसरोबरमा राजाराम बर्तौला, राम थोकर, पुर्णभद्र चौलागाईं लगायत नेताहरुलाई जिम्मेवारी बैठकले दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*