पोखरा–९ स्थित नेकपाको चुनावी सभास्थल नजिकै बम विष्फोट
पोखरा, ११ मंसिर । पोखरामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को चुनावी सभास्थल नजिकै बुधबार (आज) दिउँसो बम विस्फोट भएको छ ।
पोखरा महानगरपालिका ९ स्थित प्रदर्शन केन्द्रमा आयोजित चुनावी सभास्थल नजिकै बम विस्फोट भएको हो ।
विस्फोटमा कुनै मानवीय क्षति नभएपनि एक बसमा क्षति पुगेको छ । पार्किङ स्थलमा रहेको ग १ ख ८८९१ नम्बरको बसमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।
अहिले घटनास्थलमा प्रहरी पुगेको छ भने घटनास्थललाई घेरा हालेर अनुसन्धान थालेको छ।
मंसिर १४ गतेको उपनिर्वाचनमा कास्की २ की उम्मेदवार विद्या भट्टराईको पक्षमा माहोल बनाउन नेकपा अध्यक्ष प्रचण्ड, नेताहरु वामदेव गौतम, सुवाचन्द्र नेम्वाङ, काठमाडौँ महानगरपालिका मेयर विद्यासुन्दर शाक्य लगायतको नेताहरु पोखरा पुगेका छन् ।
