तीन खेलाडीले घरेलु मैदानमा साग खेल्न नपाउने

२०७६ मंसिर ९,सोमबार १४:३६

मकवानपुर, ९ मंसिर । घरेलु मैदानमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) तीन खेलाडी सहभागी हुन नपाउने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को कारबाहीमा परेका विमल घर्ती मगर, अञ्जन विष्ट र दिनेश राजवंशीले घरेलु मैदानमा हुने सागमा सहभागी हुन नपाउने भएका हुन् ।

विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्धको खेलअघि घर गएका उनीहरू नाइट क्लबमा भेटिएपछि एन्फाले अनुशासनको कारबाही गरेको छ । उनीहरूमाथिको कारबाहीलाई निरन्तरता दिइएपछि तीनै जनाले साग गुमाउने भएका हुन् ।

साग टिमका प्रशिक्षक बालगोपाल महर्जनका अनुसार तीन खेलाडीको स्थानमा नयाँ खेलाडी राखिने भएको छ । विमल, अञ्जन र दिनेशको स्थानमा राजेश परियार, प्रेजन तामाङ र राजीव लोप्चनलाई समावेश गरिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*