मकवानपुरको हाँडीखोलामा विप्लव नेकपाद्वारा राँके जुलुस
मकवानपुर, ८ मंसिर । मकवानपुरको मनहरी गाउँपालिकाको हाँडिखोलामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गएराती राँके जुलुस निकालेको छ ।
मनहरीको हाडिखोलामा जिल्लाभरका विप्लवका नेता तथा कार्यकर्ता सवै जम्मा भएर गएराती राँके जुलुस निकालेका हुन् ।
पार्टीले आफ्नो छैटौं पुनरगठन दिवसका अवसरमा अहिलेको सरकारकाविरुद्ध चर्का नारा लगाउँदै जुलुस राँके जुलुस निकालेको विप्लव नेकपा मकवानपुरका नेता टुंगनाथले जानकारी दिए।
जुलुसका क्रममा अहिले भईरहेका कालावजारी, भ्रष्टाचारका विरुद्धमा चर्का नारा लगाइएको थियो ।
कार्यक्रममा विभिन्न जनवर्गीय संगठनका प्रमुखको पनि उपस्थिति रहेको थियो ।
