बक्सिङ प्रतियोगितामा पदक विजेता मकवानपुरका खेलाडी सम्मानित

तु खबर संवाददाता
२०७६ मंसिर ८,आईतवार ०९:१८

मकवानपुर, ८ मंसिर । मकवानपुर जिल्ला बक्सिङ संघले १९ वर्ष मुनीको खुला राष्ट्रिय बक्सिङ प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाई सम्मान गरेको छ ।

शनिबार एक कार्यक्रमकाबीच ७५ केजीमा स्वर्ण पदक विजेता निश्चल विष्ट, ५२ केजी तौल समूहमा कास्य पदक विजेता अनन्त ओझा र ५६ केजी तौल समूहमा सहभागी सुजन थिङ, ४९ केजीका जीवन पाख्रिनलाई सम्मान गरिएको हो ।

कार्यक्रम मकवानपुर जिल्ला बक्सिङ संघका अध्यक्ष दीपेश जोशीको अध्यक्षता तथा हेटौंडा ५ का वडाध्यक्ष राजेश बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

सम्मान कार्यक्रमका लागि मकवानपुरका पूर्व बक्सिङ प्रशिक्षक हाल अमेरिका निवासी धु्रुवलाल श्रेष्ठले नगद १० हजार ५ सय सहयोग गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*