हेटौँडा–१७ का युवा किसानलाई आलुको बिउ वितरण

तु खबर संवाददाता
२०७६ मंसिर ६,शुक्रबार ०८:३९

मकवानपुर, ६ मंसिर । हेटौँडा उपमहानगरपालिकाले बिहिबार हेटौँडा–१७ का किसानहरुलाई आलुको बिउ वितरण गरेको छ ।

उपमहानगरपालिकाले हेटौँडा–१७, चुनडाँडाका युवा कृषि सहकारी संस्था लिमिटेडमा आवद्ध किसानहरुलाई आलुको बिउ वितरण गरिएको हो ।

किसानका लागि २ लाख रुपैयाँ बराबरको आलु खरिद गरेर वितरण गरिएको हो ।

युवा किसानहरुलाई आलुको बिउ वितरण गर्दै हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उक्त क्षेत्रका युवा किसानहरुले खेतभरी आलु रोपेकाले उनीहरुलाई थोरै भएपनि सहयोग गर्ने उद्देश्यलले आलुको बिउ वितरण गरिएको बताए ।

व्यावसयीक रुपमा तरकारी खेती गर्ने किसानहरुका लागि कुनै न कुनै रुपमा स्थानीय सरकारले सहयोग गर्ने मेयर महतको भनाई थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*