मुख्यमन्त्री पौडेलद्वारा निर्माणधिन बहुप्राविधिक महाविद्यालय अवलोकन

२०७६ मंसिर ५,बिहीबार १६:५८

मकवानपुर, ५ मंसिर । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडामा निर्माणाधिन नेपाल–भारत बहुप्राविधिक महाविद्यालय निर्माण स्थलनको अवलोकन गरेका छन् ।

मुख्यमन्त्री पौडेलले बहुप्राविधिक महाविद्यालय निर्माण स्थलनको अवलोकनका क्रममा निर्माण कम्पनीसंग कामको प्रगतीबारे जानकारी लिएका थिए ।

उनले निर्माण प्रकृयामा कुनै पनि समस्या आए जानकारी दिन पनि निर्माण कम्पनीको प्रतिनिधिलाई आग्रह गरेका छन् ।

महाविद्यालय निर्माणका लागि गत कात्तिक १९ गते मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गरेका थिए । शिलान्यासका क्रममा उनले द्रुत गतिमा काम गर्न निर्माण कम्पनीहरुलाई निर्देशन दिएका थिए ।

उनले बिबिध कारणले लामो समय रोकिएको योजना जती सक्दो चाँडो सक्न पनि आग्रह गरे ।
शिलान्यासका क्रममा मुख्यमन्त्री पौडेलले अब आफैले निर्माणको काममा ढिलासुस्ती हुन नदिने भन्दै बिहान, बेलुकी समय मिलाएर आफैले निगरानी राख्ने बताएका थिए ।

अवलोकनमा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको पनि सहभागिता रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*