मुआब्जा तोक्न माग गर्दै धर्नामा बसे बाबुराम भट्टराई

२०७६ मंसिर ५,बिहीबार १५:२६

मकवानपुर, ५ मंसिर । बुढीगण्डकी आयोजनास्थल गोरखाको आरुघाट र आर्खेत तथा धादिङको खहरे क्षेत्रको मुआब्जा तोक्न माग गर्दै पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसहितका जनप्रतिनिधि जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् ।

गोरखा क्षेत्र–२ बाट निर्वाचित सांसदसमेत रहेका पूर्वप्रधानमन्त्री भट्टराईसहित राष्ट्रियसभा प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेश सांसद प्रकाशचन्द्र दवाडीसहितको टोली जिल्ला प्रशासन कार्यालयमा धर्नामा बसेको हो ।

प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले मुआब्जा तोक्न आलटाल गरेको भन्दै स्थानीयवासीले ज्ञापनपत्र बुझाउनुका साथै प्रधानमन्त्री, मन्त्री भेट्ने, दलका नेता, प्रमुख जिल्ला अधिकारी र आयोजनालाई गुनासो राख्दासमेत सुरुवाइ भएको छैन ।

आन्दोलनअन्तर्गत शुक्रबार जिल्ला प्रशासन कार्यालयका धादिङमा धर्ना दिने, आइतवार बुढीगण्डकी आयोजनाको कार्यालय घ्याल्चोकमा धर्ना दिने कार्यक्रम रहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*