बकैयाका १ सय ५५ जना नेकपामा प्रवेश

तु खबर संवाददाता
२०७६ मंसिर ५,बिहीबार ०८:२४

मकवानपुर, ५ मंसिर । मकवानपुरको बकैया गाउँपालिका वडा नं. ६ का १ सय ५५ जना नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

बुधबार एक कार्यक्रमबीच कांग्रेस तथा राप्रपालगायत विभिन्न पार्टी परित्याग गरी १ सय ५५ जना नेकपामा प्रवेश गरेको नेकपा बकैयाकी कार्यालय सदस्य तथा बकैया गाउँपालिका उपाध्यक्ष सरला बोलखेले जानकारी दिईन् ।

नेकपा प्रदेश नं. ३ का सदस्य शर्केस घलानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा युवा नेता तथा जिल्ला सचिवाल सदस्य हिदम लामाको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेकपा मकवानपुर जिल्ला तहका नेताहरु, क्षेत्रीय कमिटिका नेता तथा गाउँपालिका पदाधिकारी तथा सदस्यहरुको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*