प्रचण्ड नेकपाको कार्यकारी अध्यक्ष

मकवानपुर, ४ मंसिर । पुष्पकमल दाहाल (प्रचण्ड) सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यकारी अधिकारसहितको अध्यक्ष अध्यक्ष भएका छन् ।
बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाउने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उक्त निर्णयसँगै पार्टीका बैठकमा प्रचण्डले अध्यक्षता गर्ने छन् । यद्यपि, दुई अध्यक्षको मर्यादाक्रम भने यथावत हुनेछ ।
त्यस्तै नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओली भने यो संसदको कार्यकालभर प्रधानमन्त्रीमा कामय रहने भएका छन् ।