नेपाली काँग्रेस क्षेत्रीय कोषाध्यक्ष साउद नेकपामा प्रवेश
मकवानपुर, ४ मंसिर । नेपाली काँग्रेस क्षेत्र नं १ का कोषाध्यक्ष टेकबहादुर साउद सत्तारुढ नेपाल कम्युनिट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।
साउदलाई नेकपाका स्थायी कमिटी सदस्य लेखराज भट्टले मङ्गलबार साँझ टीका लगाई पार्टी प्रवेश गराएका हुन् ।
साउदले नेकपाको काम र कार्यशैलीप्रति प्रभावित भएर पार्टी प्रवेश गरेको बताए ।
साउद जिल्लाको दक्षिणि क्षेत्र बेलौरीका व्यापारी एवं बेलौरी उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्षसमेत रहेका छन् ।
