नेकपा सचिवालय बैठक बस्दै

तु खबर संवाददाता
२०७६ मंसिर ४, बुधबार १०:२१
file-photo

काठमाडौं, ४ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बुधबार (आज) मध्यान्ह १२ बजेका लागि सचिवालय बैठक बोलाएको छ ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल गर्दैछन् ।

बालुवाटारमा दुई अध्यक्षको भेटघाटपछि १२ बजेका लागि सचिवालय बैठक बोलाइएको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ ।

बुधबार नै मन्त्रिमण्डल हेरफेरको तयारी भएको छ । हटाउने र थप्ने मन्त्रीको नाम अन्तिम टुंगो सचिवालय बैठकले गर्ने स्रोतले जानकारी दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*