हरेक सामुदायिक विद्यालयको शिक्षा अन्तराष्ट्रिय स्तरको हुनुपर्छ : मुख्यमन्त्री पौडेल
मकवानपुर, ४ मंसिर । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले प्रदेशभित्रका सबै सामुदायिक विद्यालयको सबलीकरण गर्ने बताएका छन् ।
हेटौँडा–१८ मा रहेको गोरक्षेश्वर माविमा प्राविधिक शिक्षा शुरुआत गर्ने उद्देश्यले आयोजित महयज्ञको मंगलबार उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले हरेक सामुदायिक विद्यालयको शिक्षा अन्तराष्ट्रिय स्तरको हुनुपर्ने बताए ।
सामुदायिक विद्यालय कमजोर र निजी विद्यालय मजबुद हुँदै जाने प्रवृत्तिको अन्त्य हुनुपर्ने भन्दै मुख्यमन्त्री पौडेलले विद्यालयलाई शान्तिक्षेत्रका रुपमा बुझेर कुनै पनि बहानामा विद्यालय बन्द गर्न नहुने धारणा व्यक्त गरे ।
उनले सरकारी विद्यालयले भौतिक पूर्वाधारका साथसाथै गुणस्तरीय शिक्षा दिएर निजी विद्यालयलाई निरुत्साहित गर्नुपर्ने बताए ।
