समाजवादीले सरकार नछाड्ने

तु खबर संवाददाता
२०७६ मंसिर १, आईतवार १४:३२

मकवानपुर, १ मंसिर । सत्तारुढ समाजवादी पार्टीले नेकपा नेतृत्वको सरकार तत्काल नछाड्ने भएको छ ।

२८ कात्तिकदेखि ३० कात्तिकसम्म राजधानीमा चलेको पार्टी संघीय परिषद् बैठकले तत्काल सरकार नछाड्ने निर्णय गरेको हो ।

पार्टी संघीय परषद् बैठकले तत्काल सरकार नछाड्ने निर्णय गरेसँगै मधेश केन्द्रित दल राष्ट्रिय जनता पार्टीसँगको पार्टी एकता वार्तालाई निरन्तरता दिने निर्णय गरेको हो ।

गत २३ जेठमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालबीच एकीकरणपछि बनेको समाजवादीले संविधान संशोधनलगायतका माग सरकारले सम्बोधन नगरे सरकार छाड्ने निर्णय गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*