प्रधानमन्त्री ओली आज पुनः अस्पताल जाँदै
मकवानपुर, ३० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि आज पुनः ग्रान्डी अस्पताल जाँदैछन् ।
गत कात्तिक १२ र १३ गतेको उपचारको क्रममा मिर्गौलामा राखिएको स्टेन्ट झिक्न र नियमित स्वाथ्योपचारका लागि उनी अस्पताल जान लागेका हुन् ।
आफ्नो उपचारको विषयमा प्रधानमन्त्रीले शुक्रबारको मन्त्रिपरिषद्को बैठकलाई पनि जानकारी गराएका थिए ।
गत कात्तिक १२ र १३ गते डायलासिस गर्दा ओलीको मिर्गौलामा स्टेन्ट राखिएको थियो । त्यसपछि उनी नियमित डाक्टरहरुको नियमित निगरानीमा रहँदै अएका छन् ।
आज उनको नियमित जाँच गराइनुका साथै नियमित जाँच हुने बालुवाटार स्रोतले जनाएको छ ।
