भीमफेदी–८ का वडा कार्यालय सात महिनादेखि नेतृत्वविहीन

तु खबर संवाददाता
२०७६ कार्तिक २८,बिहीबार १४:३३

मकवानपुर, २८ कात्तिक । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं. ८ का वडा कार्यालय विगत सात महिनादेखि नेतृत्वविहीन बनेको छ ।

चुनाव जितेका वडाध्यक्ष डिभी परेर अमेरिका गएपछि वडा कार्यालय विगत सात महिनादेखि नेतृत्वविहीन बनेको हो ।

वडाध्यक्ष डिभी परेर अमेरिका गएपछि उक्त वडामा अध्यक्षको पद रिक्त रहेका छन् । उक्त वडामा अध्यक्ष पद रिक्त रहेपनि आगामी मंसिर १४ मा हुने उपनिर्वाचन भने नहुने अवस्था रहेको छ । राजीनामा समयमा नआएकाले उपनिर्वाचनका लागि समस्या भएको निर्वाचन कार्यालय मकवानपुरका प्रमुख गोविन्दप्रसाद पौडेलले जानकारी दिए ।

वडा सदस्य नवराज अधिकारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर २०७५ चैत २७ गते वडा अध्यक्ष जगतमान घिसिङ परिवारसहित अमेरिका गएको थियो ।

उक्त वडामा वि.सं. २०७४ सालमा भएका निर्वाचनमा घिसिङ ५४१ मत ल्याई वडाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*