सिके राउतको पार्टी पनि उपनिर्वाचनमा

तु खबर संवाददाता
२०७६ कार्तिक २७, बुधबार ०९:३३
file-photo

मंसीर १४ मा हुन लागेको उपनिर्वाचनमा सिके राउत नेतृत्वको जनमत पार्टी पनि सहभागी हुने भएको छ। गएको फागुनमा प्रधानमन्त्रीसँग सहमति गरेर मूलधारको राजनीतिमा आएका राउतले वैशाखमा आफ्नो नेतृत्वमा जनमत पार्टी निर्वाचन आयोगमा दर्ता गराएका थिए। त्यसअघि उनले स्वतन्त्र मधेस गठबन्धनको नाममा छुट्टै मधेस राष्ट्रको अभियान चलाउँदै आएका थिए।

जनमत पार्टीका नेता चन्दन सिंहका अनुसार उपनिर्वाचनका लागि २७ गतेको स्थानीय तहको उम्मेदवारी दर्तामा पार्टीले तराई मधेसमा उम्मेदवारी दिन लागेको छ।

उनले भने, ‘अहिले हाम्रो संगठन तराई मधेसमा मात्र राम्रो भएकाले उपनिर्वाचनमा तराई मधेसका स्थानीय तहमा उम्मेदवारी दिन लागेका छौं।’

जनमत पार्टीले प्रदेश र प्रतिनिधिसभाको उपनिर्वाचनमा भाग लिने छैन। सिंहले पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेकाले चुनावमा सहभागी हुन लागेको बताए।

यसअघि भएका स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव राउत नेतृत्वको तत्कालीन संगठनले ‘कोठली बाहर मतदान’ को अभियान नै चलाएको थियो। आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*