काँग्रेस सभापति देउवा हेटौंडामा
मकवानपुर । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा हेटौंडा आइपुगेका छन् । आजबाट हेटौंडामा सुरु हुन लागेको ६ जिल्लाका महाधिवेशन प्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रमको उद्घाटनका निम्ति देउवा हेटौंडा आइपुगेका हुन् ।
सोही कार्यक्रममा प्रशिक्षकको रुपमा काँग्रेस नेतृ तथा देउवा पत्नी आरजु राणा देउवा पनि साँझसम्म हेटौंडा आइपुग्ने नेपाली काँग्रेस मकवानपुरले जनाएको छ । बरिष्ठ नेता रामचन्द्र पौडेल र नेता विमलेन्द्र निधि पनि हेटौंडा आउँदैछन् ।
कार्यक्रममा समसामयिक विषयमा नेताहरुले आफ्ना महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिनेछन् ।
