२ लाख बराबरको प्रतिबन्धित औषध ट्रमासहित हेटौँडाका मोक्तान पक्राउ

मकवानपुर, २६ कात्तिक । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज (मंगलबार) बिहान प्रतिवन्धित औषधी ट्रमासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौडा–१३ पदमपोखरी बस्ने २९ वर्षीय दिपक सिंह मोक्तान रहेका छन् ।
हेटौँडा–१० बसपार्कस्थित शंकास्पद अवस्थामा हिडिरहेका उनलाई रु २ लाख बराबरको १५ हजार ६ सय वटा ट्याब्लेट औषध ट्रमासहित पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, निजलाई प्रतिवन्धित औषधसहित पक्राउ गरी आवश्यक कारबाहीका लागि औषधि व्यवस्था विभाग बिरगंज पठाउने कार्य भईरहेको छ । ।