आलम प्रकरण : पीडितले फेर बयान

२०७६ कार्तिक २६,मंगलवार ०९:०६

चम्नी भट्टामा जिउँदै जलाइएको भनिएका व्यक्तिका आफन्तले अदालतसमक्ष बयान फेरेका छन् । २०६४ सालको संविधानसभाको अघिल्लो दिन राजपुर फरदहवाका पूर्वमन्त्री शेख इद्रिसको घरमा बम विस्फोट हुँदा सरुअठाका ओसी अख्तर र त्रिलोकप्रताप सिंहलाई घाइते अवस्थामा जिउँदै इँटाभट्टामा हालेर मारेको आरोप कांग्रेस सांसद एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई लागेको छ ।

ओसीकी श्रीमती आमना खातुनले पति वैदेशिक रोजगारीमा गएको र हालसम्म घर नआएको निवेदन दिएकी छन ्। उनको निवेदन दर्ता भई मिसिलमा सामेल गराइएको अदालतका स्रेस्तेदार गुणराज पराजुलीले बताए । ‘मृत्यु भएको भनिएका ओसीकी श्रीमती आमना र एक जना घाइतेले दिएको निवेदन मिसिलमा समावेश गरेका छौं,’ उनले भने। वादीका अधिवक्ताहरूले यसलाई ‘होस्टाइल’ को संज्ञा दिएका छन् ।

विस्फोटमा परी घाइते भएको भनिएका भारतको बैरगनियाका शंकर भनिने गौरीशंकर राम चमारले पनि बयान फेरेका छन् । उनले आलम पक्षका कानुन व्यवसायीमार्फत आफू सन् २००१ मा घरमा खाना पकाउने ग्यास विस्फोट भएर घाइते भएको निवेदन दर्ता गराएका छन् ।

प्रहरीको अनुसन्धानका क्रममा भने उनले शेख इद्रिसको गोठमा पुग्दा बम विस्फोट भएको र छर्राले लागेर घाइते भएको लिखित बयान दिएका थिए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*