हेटौँडामा आजबाट काँग्रेसको महाधिवेशन प्रनितिधि प्रशिक्षण शुरु हुने
मकवानपुर, २६ कात्तिक । नेपाली काँग्रेस प्रदेश नं. ३अन्तरगत पर्ने ६ वटा जिल्लाको महाधिवेशन प्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रम आजबाट हेटौँडामा शुरु हुँदैछ ।
सोमबार हेटौँडा पत्रकार सम्मेलनको आयोजना गरी काँग्रेस मकवानपुरले महाधिवेशन प्रतिनिधिहरुको प्रशिक्षण हेटौँटामा आजबाट शुरु हुने जानकारी दिएको हो ।
दुई दिने प्रशिक्षणमा प्रदेश नं. ३ का मकवानपुर, चितवन, धादिङ, रसुवा, नुवाकोट तथा सिन्धुलीका २ सय ९० जना महाधिवेशन प्रतिनिधि र प्रदेश तीनका १३ जिल्लाबाट केन्द्रीय कमिटिमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरु सहभागि हुनेछ ।
आजबाट शुरु हुने प्रशिक्षणमा काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ट नेता रामचन्द्र पौडेल, काँग्रेस नेता विमेलेन्द्र निधि आउने भएका छन् ।
आज बिहान ११ बजे हेटौंडाको पल्पसा सभागृहमा काँग्रेस सभापति देउवाले प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्ने छन् ।
