राष्ट्रिय क्रिकेट टोली आज बङ्गलादेश प्रस्थान

२०७६ कार्तिक २५,सोमबार १५:१८
file photo

बङ्गलादेशमा यसै सातादेखि शुरु हुने ‘एसीसी इमर्जिङ टिम्स एशिया कप’ क्रिकेट प्रतियोगितामा सहभागी हुन राष्ट्रिय क्रिकेट टोली आज बङ्गलादेश प्रस्थान गरेका छन् ।

यही कात्तिक २८ गतेदेखि मंसिर ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागि हुन ९ नौ खेलाडीसहितको टोली आज बङ्गलादेश प्रस्थान गरेका हुन् ।

बङ्गलादेश जानेमा विनोद भण्डारी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, इशान पाण्डे, ललितनारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, करण केसी र एनालिष्ट रमन शिवाकोटी रहेका छन् ।

मंगलबार प्रशिक्षक उमेश पटवाल, कप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, दीपेन्द्रप्रताप सिंह (सहायक प्रशिक्षक) र फिजियो विक्रम न्यौपाने तथा बुधबार कुशल भुर्तेल, सन्दीप जोरा, सुशन भारी, अविनाश बोहोरा, रोहितकुमार पौडेल र व्यवस्थापक प्रशान्तविक्रम पनि जाने छन् ।

नेपालले पहिलो खेल कात्तिक २८ गते भारतसँग खेल्नेछ भने कात्तिक ३० गते हङकङसँग तथा मङ्सिर २ गते बङ्गलादेशसँग खेल्नेछ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*