काँग्रेस सभापति देउवा भोली हेटौँडा आउँदै
मकवानपुर, २५ कात्तिक । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा भोली (मंगलबार) हेटौंडा आउने भएका छन् ।
सभापति देउवा भोलीबाट हेटौँडामा हुने ६ जिल्लाका २ सय ९० जना काँग्रेस महाधिवेशन प्रतिनिधिका लागी प्रशिक्षण कार्यक्रममा सहभागी हुन आउँन लागेका हुन् ।
भोली सभापति देउवासँग बरिष्ठ नेता राम चन्द्र पौडेल र काँग्रेस उपसभापति बिमलेन्द्र निधी पनि आउँने भएका छन् ।
भोली हुने प्रशिक्षण कार्यक्रमका सन्दर्भमा नेपाली काँग्रेस मकवानपुरले आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।
सो पत्रकार सम्मेलनमा भोली सभापति देउवासहित वरिष्ठ नेता पौडेल र उपसभापति नीधि आउँने भएको मकवानपुर सभापति तथा ३ नम्बर प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता इन्द्र बहादुर बानियाँले जानकारी दिए ।
भोली ११ बजे हेटौंडाको पल्पसा सभागृहमा काङ्ग्रेस सभापति देउवाले प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्ने छन् । भोलीबाट हुने प्रशिक्षण कार्यक्रम दुई दिनसम्म चल्नेछ ।
